मेरो आत्मियता छ मेरो मातृभूमिको ढुङगा र माटोसँग।
सहरको रोडले चिस्याइदियो सम्बन्ध गाउँको बाटोसँग । ।
सहर पसेर गाउँ बिर्सीएपछि हामीहरूले , हाम्रो हालत,
जडिबुटीको जस्तो भाको छ सम्बन्ध औषधीको टाटोसँग।
यति अहमताको भूत चढेछ हामीमा बिर्सिएर अतित सबै,
एक चोटी सोधौँ आफै बालापनमा धूलो खेलेको बाटोघाटोसँग।
जीवन सजिलै सहर पुगेको होईन मेरो आज जस्तो,
कम्मरको पेटी भन्दा धेरै परिचित छु म इजारको गाँठोसँग।
✍केशब बोगटी
अदानचुली 2,हुम्ला
हाल बुढानिलकण्ठ काठमाण्डौं
0 Comments