छिमेकीले सिमा मिच्दा यहाँ सरकार बेखबर छ
अरू के हुनु र हजुर यहाँ कुर्सी मै एउटा रहर छ।
भ्रष्टाचार र कालोबजारी मौलाउदा हाम्रो देशमा
जनताको उठीबास र नेताको राजधानीमा घर छ ।
देशमा राम्रो शासन व्यवस्था नहुदा सक्षमलाई नि यहाँ
नेपालमै केही गर्नलाई न सरकारको आस छ न भर छ ।
जनतालाई समृद्ध नेपाल र सुखी नेपाली साबित गर्ने,
गरिबलाई धान्नै नसक्ने सरकारको चर्को महङ्गी र कर छ।
स्वतन्त्रता अझै संबिधानमै सिमीत छ हजुर हाम्रो देशमा
देखे भोगेका कुरा पनि लेख्न, बोल्न सरकारको डर छ ।
-केशब बोगटी
अदानचुली 2, हुम्ला
हाल बुढानिलकण्ठ काठमाण्डौं।
1 Comments
Dherai ramro xa
ReplyDelete