गजल

के आस गर्ने सोझासाझा जनताहरुले देश बनाउन पठाएका हस्तीबाट

सके देशको सरसम्पती सबै आज  बिश्राम गर्दैछन् थाकेर मोजमस्तीबाट ।


खुब मिलेमतो गर्दै देश बिकास गर्छौ भन्ने हाम्रै कम्युनिष्ट कमरेडहरु 

आ–आफ्नो च्यानल प्यानल बाटो हिड्दैछन् कुरा नमिलेर हिजोअस्तीबाट ।


कुन मुख देखाएर जान्छौ ए नालाएकहरु हो झुट्टा आश्वासन बोकी  ?

कति चोटी चुनाब लड्छौ ती बिकट गरिब निमुखाका ती गाउँबस्तीबाट ।

                                                         –केशब बोगटी

                                                    अदानचुली २, हुम्ला 

                   हाल बुढानिलकण्ठ काठमाण्डौँ


3 Comments

Oldest

Featured post